नुवाकोटबाट कलकत्ता पुर्‍याएर मृगौला बेचिदिने दर्जी पक्राउ

काठमाडाैं | पुस १८, २०८०

नुवाकोटबाट कलकत्ता पुर्‍याएर मृगौला बेचिदिने दर्जी पक्राउ

काठमाडौं:  मानव अंग मृगौला बेचबिखन कार्यमा संलग्न रहेका एक व्यक्ति पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नागरपालिका–१३ का ४३ वर्षीय हरी नेपाली भनिने हरी दर्जी रहेका छन् ।

 

उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । 

 

दर्जीले पीडितलाई भारतको कलकत्तामा म:म पसलमा मासिक ३० हजार भारतीय रूपैयाँ तलबमा काममा लगाईदिने प्रलोभनमा पारेर भारत लगेका थिए ।

 

ति पीडितलाई नुवाकोटबाट काकडभिट्टा हुँदै भारत कलकत्ताको अस्पताल पुर्‍याएर बेहोस पारी मृगौला झिकेर अर्कै व्यक्तिलाई प्रत्यारोपण गरेर फरार थिए ।

 

अस्पतालमा बेहोस पारेर अर्कै व्यक्तिलाई मिर्गौला प्रत्यारोपण गरी पिडीतलाई ६ लाख दिएपछि मात्र पीडितले आफ्नो मिर्गौला बेचिएको थाहा पाए। पीडितले बाँदरे भन्ने मुरली दमाई, राजु नेपाली, राजेश परियार, सानु भन्ने सुवास नेपालीविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी दिएका थिए।

 

त्यसपछि प्रहरीले पाएको सूचनाको आधारमा फरार रहेका दर्जीलाई खोजतलास गरेको थियो । 

 

हाल पक्राउ परेका दर्जीलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


 

पोखरा:   राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ ।   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ...

थप पढ्नुहोस्

पोखरा:  नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ ।   महासंघ प्रेस तथा अभिव्यक्ति स्...

थप पढ्नुहोस्

पोखरामा नातीले गत ३ गते हजुरआमाको हत्या गरेका छन् ।   पोखरा महानगरपालिका वडा नम्बर–३१ बाँसपानीका २२ वर्षिय आशिष परियारले ७५ वर्षिया आफ्नै हजुरआमा दालकुमारी परियारको हत्या गरेका हुन् ।...

थप पढ्नुहोस्